Breaking News
सुन्तला र पहेँलो रङका क्षेत्रमा सतर्क रहन मौसम विभागको आग्रह, भारी वर्षा र हिमपातको सम्भावना
०

काठमाडौं, कात्तिक १२ –
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले जारी गरेको चेतावनी नक्साअनुसार सुन्तला रङले चिह्नित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा पहेँलो रङले चिह्नित क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी पछिल्लो जानकारी लिएर अद्यावधिक रहन आग्रह गरिएको छ।
सम्भावित वर्षा र हिमपातका कारण जनजीवन तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























