राजनीति
हाम्रो छाया देख्नुपर्छ भनेर एमाले राष्ट्रपतिको सर्वदलीय बैठकमा आएनः माधव नेपाल
०

काठमाडौं,भदौ ५-
नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव नेपालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टीको छाया परेकाले एमाले नआएको टिप्पणी गरेका छन्।
जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै एमाले नेताहरूजस्तो आफ्नो सानो चित्त नभएको बताए।
उनले भने, ‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनुभएछ। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिए। तर, थाहा छैन के कारणले हो एमालेका नेताहरू आएनन्। सम्भवस् त्यहाँ माधव नेपाल एकीकृत समाजवादीको छाया परेको भएर होला आउने काम भएन। हामीमा त्यस्तो संकृणता छैन। हामीमा त्यस्तो किसिमको सानो चित्त छैन। हामी राष्ट्रका साझा विषयमा हातेमालो गरेर अघि बढ्न चाहन्छौँ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























