देश/प्रदेश

राप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान

Banner

काठमाडौं, भदौ ५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन्।

राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस) को कार्यक्रमका लागि अध्यक्ष लिङ्देन साउदी अरब गएका हुन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार साउदी अरब र युएईमा पानसको कार्यक्रम छ। यी कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन मंगलबार त्यसतर्फ प्रस्थान गरेको श्रेष्ठले बताए।

अध्यक्ष लिङ्देन साउदी अरबमा रहँदा जेद्दा, दमाम र रियादलगायत ठाउँमा नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ। साथै राजदूतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने र प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुने उनले बताए।

अध्यक्ष लिङ्देन युएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था र नेपाली समुदायसँग भेटघाट गर्नेछन्। अध्यक्ष लिङ्देन भदौ १२ गते स्वदेश फर्कने उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>