चितवन विशेष

थारुको पहिचान खोज्दा हत्याको आरोप लाग्योः रेशम चौधरी

Banner

चितवन, भदौ ०४-
नागरिक उन्मुक्ति पाटीका अध्यक्ष रेशम चौधरीले थारुले पहिचानको आन्दोलन गर्दा हत्याको आरोप लागेको बताएका छन् । चितवनको सौराहामा सोमवार (आज) भएको पाटीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै चौधरीले थारुको सभ्यताको खोज्दा आफुहरुलाई हत्याको आरोप लागेको जिकिर गरेका हुन् ।
‘सबैले आन्दोलन गर्दा उनीहरुको आन्दोलन हुन्छ । थारुले आन्दोलन गर्दा हत्याको आन्दोलन हुन्छ’ भेलालाई सम्बोधन गर्दै चौधरीले भने, ‘अधिकार खोज्दा सासकहरुको निद हराम भएको छ ।’ जेलबाट छुटेपछि पहिलोपटक चितवन आएका चौधरी देश सञ्चालन गरेका नेताहरु प्रति तिव्र असन्तुष्ट देखिएका थिए ।
‘जेल नेल गर्न सक्छौँ गर । तर, अधिकारको लागि लम्किएका पैतला कुनै हालतमा रोकिने छैन,’ उनले भने ‘रेशम चौधरी बोल्यो कि सासकहरुको टाउको दुख्न थाल्छ ।’
उनले थारुहरुको हक र अधिकारलाई खोसेरै भएपनि लिने जिकिर गरेका छन् । थारुको पहिचानका लागि नागरिक उन्मुक्ति पाटी खोलेको समेत उनले स्पष्ट पारे ।
‘मैले खोजेको पहिचान मैले चढ्ने गाडी होइन आलिसान महल होइन मैले खोजेको पहिचान यही पहिचान हो चितवनको मैदान भूमिमा बज्दै गरेको मादल, नाच्दै गरेका हाम्रा थरुनी चेलीहरु हुन् । खेतमा लहराउँदै गरेको धानको बाला बेलुकी पख घाँस खाँदै गरेको राँगा अनि गुड्दै गरेको गाढा यही संगै हाम्रो सभ्यताताको परिचय जोडिएको छ । यो पहिचान नारायणीले सुनेन पहाड उक्लिन सकेन,’ उनले भने ‘पहिचानको घण्टी सिंहदरबारमा पु¥याउन नागरिक उन्मुक्ति पाटी खोलेको हुँ।’
आफुले पाटी खोल्दा सामन्तिहरुको ज्वरो आएको उनले बताए । पहिचान धनले किन्न नसक्ने भन्दै यसको संरक्षणका लागि राज्य नैै लाग्नुपर्ने उनको धारणा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>