राजनीति

एमालेले गर्‍यो संसद अवरोध, अर्को बैठक बुधबार बस्ने

०
Banner

काठमाडौं, साउन २३-
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । एक क्विन्टल सुन बरामद् भएको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले मंगलबारको संसद बैठक अवरोध गरेको हो ।

मंगलबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुभएको थियो । गृहमन्त्रीको जवाफपछि एमालेले बैठक अवरोध गरेको हो । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले मंगलबारको बैठकका कार्यसूची हटाएर अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>