राजनीति

तीन ठूला दलको बार्गेनिङको कारणले संसद बन्धक बनाउन पाइदैनः रवि लामिछानेले

०
Banner

काठमाडौं,साउन २३-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन ठूला दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका हुन् ।
उनले अब तोकिएको समयमै सदन बस्छ भनेर रुलिङ गर्न सभामुखसँग माग गरे ।

उनले भने, ‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए संसदको समय कहिले सुरु हुन्छ भनेर जारी भइरहेको पछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुराहरु मिल्ने रु मिलाउनुपर्ने कुरा मिलाउने किन गर्न सक्दैनन् । हाम्रो आरोप अनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् । सदन चल्ने बेलामा नै किन गरिन्छ ?’

तीन ठूला दलको बार्गेनिङको कारणले संसद बन्धक बनाउन नपाइने उनको भनाइ छ । उनले संसदीय समितिमा भागवण्डा मिलाएर अहिले संसद खुलाएको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>