राजनीति

प्रतिनिधि सभा बैठकमा सुन प्रकरणबारे बोल्दै सांसदहरू 

Banner

काठमाडौं, साउन २३-

प्रतिनिधि सभाको मंगलबारको बैठक सुरू भएको छ। सभामुख देवराज घिमिरेले बैठक सुरू भएको जानकारी गराउनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी रास्वपाका सांसद उठेका थिए।

लगत्तै सभामुख घिमिरेले दलगत आधारमा आकस्मिक समयमा बोल्न पालो दिइने जानकारी गराएका छन्। त्यसपछि एमालेका सांसद योगेश भट्टराईले बोलेका छन्। उनले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताए।

दलगत प्रतिनिधित्व हुने गरी सांसदहरूले धारणा राखेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने कार्यक्रम छ। सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न नेकपा एमालेले माग गर्दै आइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>