देश/प्रदेश

विपद व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

Banner

काठमाडौं, साउन २३-

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले विपद व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन्। प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिए।

गएराति देखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी-पहिरो आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>