राजनीति

सुन काण्डमा एमालेले सत्तारुढ दलसँग भाग खोज्यो,यो गम्भीर अपराध होः ज्ञानेन्द्र शाही

Banner

काठमाडौं, साउन २३-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अवैध सुन आयात प्रकरणमा एमालेले अंश खोजेको गम्भीर आरोप लगाएका छन् ।

गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद भएको विषयलाई लिएर एमालेले अनावश्यक रुपमा सत्तारुढ दलहरुसँग भाग खोजेको भनी सचेतक शाहीले आरोप लगाएका हुन् ।को टिप्पणी छ ।

‘सुनकाण्डमा तोलमोल भयो । उच्च स्तरीय छानबिन भनेर एमालेले सुन काण्डमा अंश खोज्यो । यो गम्भीर अपराध हो’ प्रमुख सचेतक शाहीले भने । गत साउन २ गते त्रिभुवन विमानस्थलबाट गैर कानुनी रुपमा भित्रिएको झण्डै एक सय किलो सुनको विषयले राजनीतिक वृत तरंगित छ ।

उक्त प्रकरणमा सरकारले गर्ने अनुसन्धानमा विश्वास नरहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसदको दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा)को बैठक चल्न दिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>