राजनीति

संसद्‍ अवरोधले जनताका आवाज रोकिएः सभामुख घिमिरे

०
Banner

काठमाडौँ, साउन २२ —
सभामुख देवराज घिमिरेले संसद्‍को अवरोध हटाउने सम्बन्धमा मंगलबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सहमति जुट्ने अपेक्षा व्यक्त गरेका छन् । मंगलबार दिउँसो ३ बजे संसद्‍ बैठक सुरु हुनुभन्दा पहिले नै शीर्ष नेताहरूबीच सहमति निस्कने घिमिरेले बताएका छन् । तर संसद्‍ अवरोध भइरहँदा जनताका आवाज रोकिएको भन्दै उनले सहमतिको विकल्प नरहेको बताए ।
ु
बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गरेको सभामुख घिमिरेले बताए । तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न नसकेको उनको भनाइ थियो ।

सभामुख घिमिरेले संसद् खुलाउने सम्बन्धमा आफूले दलहरुबीच आपसी विश्वास, एकता र सहकार्य कायम गर्न पहल गर्दै आएको बताए । ुसोमबार बानेश्वरस्थित सभामुखको कार्यकक्षमा शीर्ष नेताहरूको बैठक दुई चरणमा बसेको थियो । तर, सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा एमालेका नेताहरूले अडान राखेपछि आजको बैठकमा सहमति जुट्न सकेको छैन । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भने सरकार छानबिन समिति बनाउन तयार नभएपछि सरकारकै आग्रहमा बैठक रोकिएको बताएका छन् ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने माग गर्दै एमालेका सांसदहरूले संसद्‍ अवरोध गर्दा संसद्‍ बैठक स्थगित हुँदै आएको छ । मंगलबार भने संसद्‍ बैठक ३ बजेका लागि आह्वान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>