राजनीति

सुन तस्करी प्रकरणमा प्रधानमन्त्री प्रति नै विश्वास छैन: सांसद पन्त

Banner

काठमाडौँ, साउन २२-

नेकपा (एमाले) का सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानविन हुनेमा आफुहरु विश्वस्त नभएको बताएका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गरेका हुन्।

उनले आफुहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालप्रति नै विश्वास नभएको बताए। उनले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको बताए।

राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने उनके भनाइ थियो। उनले राजनीतिक रुपमा कडा कदम नचालेसम्म नेपालको विमानस्थलबाट सुन तस्करी नरोकिने बताए।
उनले भने ‘सरकारको नेतृत्व गर्ने मान्छेमाथि नै विश्वास छैन नि। प्रचण्डजीले जतिसुकै ठुलो कुरा गरेपनि उहाँको कामले ढुक्क हुने अवस्था त छैन। राजस्वले राम्रै छानविन गरेको थियो। हामीले संसद बन्द गरेपछि सिआईबिलाई दिने निर्णय भयो। त्यो पनि ठिकै छ। एउटा उच्चस्तरीय छानविन समिति बनाए भयो नि। राजस्वको छानविन पनि जारी रहन्छ। सिआइबिले गर्ने छानविन पनि जारी रहन्छ।

उनले करोडौँ रुपैयाको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएको बताए। लामालाई नियुक्त गर्ने सरकारले भ्रष्टाचारको गफ लगाउनुमात्रै भएको उनको टिप्पणी थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>