राजनीति
एमालेले सुन प्रकरणमा अंश खोजेर संसद चल्न नदिएको राप्रपाको आरोप
०

काठमाण्डौँ, साउन २२-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले अवैध सुन आयात प्रकरणमा एमालेले अंश खोजेको गम्भीर आरोप लगाएको छ । गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद भएको विषयलाई लिएर एमालेले अनावश्यक रुपमा सत्तारुढ दलहरुसँग भाग खोजेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको टिप्पणी छ ।
गत साउन २ गते त्रिभुवन विमानस्थलबाट गैर कानुनी रुपमा भित्रिएको झण्डै एक सय किलो सुनको विषयले राजनीतिक वृत तरंगित छ । उक्त प्रकरणमा सरकारले गर्ने अनुसन्धानमा विश्वास नरहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसदको दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा)को बैठक चल्न दिएको छैन । सोमबार बसेको प्रमुख तीन दलको बैठक पनि निस्फल भएपछि अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























