राजनीति
आफू अनुकूल निर्णय गर्न, हामीसँग तर्सिए सत्ता र प्रमुख प्रतिपक्षले समिति भागबन्डा गरेः अर्यालले
०

काठमाडौं, साउन २२-
सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेकपा एमालेले समिति भागबन्डा गर्दा विपक्षी दल रास्वपा र राप्रपालाई बाहिर राखेको छ । रास्वपा र राप्रपालाई बाहिर राखेपछि रास्वपाका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद डोलप्रसाद अर्यालले एमाले रास्वपासँग तर्सिएर बाहिर राखेको बताएका छन् ।
अर्यालले यसप्रति टिप्पणी गर्दै एमाले आफूअनुकूल निर्णय गर्न सजिलो हुने गरी रास्वपासँग तर्सिएर भागबन्डा गरेको बताउँदै उनले भने, ‘सत्ता र प्रमुख प्रतिपक्ष रास्वपादेखि तर्सिएका छन्। समितिको भागबन्डामा पार्नेबित्तिकै उनीहरूले भनेअनुसार निर्णय हुँदैन भनेर एकमत भएका हुन्, ‘प्रमुख प्रतिपक्ष दल एमालेले लेखा समिति पाउनेमा अरू दुइटा समिति पनि लिएर रमाइरहेको छ। प्रतिपक्षीको भूमिका हामी निर्वाह गर्छौं, हामीलाई भाग खोज्नु र त्यसमा रमाउनु छैन।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























