राजनीति
तस्करलाई कानूनी दायरामा ल्याउन सरकारलाई हाम्रो मागले सहयोग गर्छः महेश बर्तौला
०

काठमाडौँ, साउन २२-
सुन प्रकरणमा सरकार उच्चस्तरीय छानबिन समिति गठन नगर्ने भनेर अनावश्यक अडान नलिन नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारलाई आग्रह गरेका छन् ।
सदनको अवरोध हटाउने विषयामा तीन ठूला दलको शीर्ष नेताहरुबीचको छलफलपछि उनले भने, ‘यसमा सरकारले अनावश्यक अडान नलिँदा राम्रो हुन्छ । राज्यका संयन्त्रलाई साथ लिएर अनुसन्धानलाई प्रभावकारी बनाएर जरैसम्म पुगौं । डराउनुपर्ने कारण छैन। तस्करलाई कानूनको कठघरामा ल्याउने सरकारको अभियान हो भने हाम्रो माग पनि तपाईंहरुलाई सहयोग हुने खालको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























