देश/प्रदेश

अज्ञात समूहबाट कुटिए प्रहरीका डीएसपी, खुट्टा भाँचियो

Banner

जनकपुरधाम, साउन ७-

महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन्। प्रहरीका अनुसार अज्ञात व्यक्तिबाट प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटिएका हुन् ।

शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ। अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>