राजनीति

‘प्रहरीको आन्तरिक सूचना चुहिएकोबारे सोधपुछका लागि पत्रकार बोलाइएको हो, गिरफ्तार गरेको होइन’

०
Banner

काठमाडौं, कार्तिक १७-

सरकारले पत्रकारलाई नियन्त्रणमा लिएको, गिरफ्तार गरेको विषय अस्वीकार गरेको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबारको मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग यस्तो बताएका हुन् ।

उनले पत्रकारहरू प्रहरी नियन्त्रणसमम पुग्नुमा सरकार र प्रधानमन्त्रीको कुनै संलग्नता नरहेको जिकिर गरे । “प्रधानमन्त्रीले आईजीपी लिनम्बन गर्न लाग्यो भन्ने भ्रमपूर्ण सूचना कहाँबाट फैलियो भनेर प्रहरीले आन्तरिक सूचना चुहिएको विषयमा जाँचबुझका लागि मात्र गरेको हो,” प्रवक्ता पोखरेलले भने, “त्यसमा सरकारको संलग्नता छैन । सरकारसँग पूर्ण अनुमति लिएर गरेको होइन, प्रधानमन्त्रीलाई कुनै पनि जानकारी थिएन ।”

उनले प्रहरीले आन्तरिक सूचना चुहिएको विषय भएकाले सोधपुछका लागि आन्तरिक काम गरेको बताए । उनले प्रधानमन्त्रीलाई जानकारी आउसाथ छोड्न निर्देशन दिएको दाबी गरे । “प्रधानमन्त्रीलाई जानकारी आउनासाथै कुनै पनि पत्रकारहरूलाई हिरासत त होइन सोधपुछ समेत गर्नेगरी यदि नियन्त्रणमा हुनुहुन्छ, हिरासतमा हुनुहुन्छ भने तुरुन्त रिहा गर्नु भन्ने भएको हो,” पोखरेलले भने, “त्यसकारण प्रधानमन्त्रीबाट भयो भन्ने कुरै भएन ।”

उनले पत्रकार पक्राउ, मिडियामा प्रहरीको प्रवेश प्रहरीकै आन्तरिक विषय भएको दाबी गरे । “प्रहरीकै आन्तरिक विषयमा सामान्य सोधपुछका लागि गरेको भन्ने हाम्रो बुझाइ छ,” पोखरेलले भने । उनले यदि गैरकानुनी काम भएको रहेछ भने गृह मन्त्रालयले आवश्यक कारबाही गर्ने बताए ।

“अहिलेसम्मको हाम्रो बुझाइमा प्रहरीले संवेदनशील सूचना चुहाएको हुनाले हुँदै नभएको कुरा आएको हुनाले सामान्य सोधपुछ मात्र गर्न खोजेको हो,” उनले भने, “कसैलाई गिरफ्तार गरेको, नियन्त्रणमा लिएको भन्ने चाहिँ होइन है ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>