राजनीति
देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड
०

काठमाडौं, कात्तिक १७ –
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले अहिले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो आलोचना गर्नुभएको हो । जनतालाई चिमोट्ने, भुत्त्याउने, सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति मुलुकमा हाबी रहेको उहाँको भनाइ छ ।
उहाँले देशको यही आवश्यकतालाई मध्यनजर गर्दै विवेक, विचार, सिद्धान्त र जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरु एकचोटी फेरि एकतावद्ध हुन जरुरी रहेको बताउनु भयो ।
न्युज
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























