देश/प्रदेश

प्रदेश सरकारविरुद्ध मुख छोपेर सांकेतिक विरोध प्रदर्शन

०
Banner

जनकपुर ,कात्तिक १७ –

मधेश प्रदेशमा वन कर्मचारीको सरुवा मापदण्ड विपरीत गरेको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले सांकेतिक विरोध प्रदर्शन गरेको छ ।

मंगलबार जनकपुरधामस्थित मधेश भवनको प्रवेशद्वार अगाडि अभियानका सदस्यहरुले सरकारविरुद्ध कालो कपडाले मुख छोपेर सांकेतिक विरोध जनाएका छन् । उनीहरुले कर्मचारी सरुवामा मधेश प्रदेश सरकारकको समानता र पारदर्शिताको अभाव रहेको आरोप लगाएका छन् ।

समायोजनपछि सरुवा हुन बाँकी कर्मचारीलाई अन्य जिल्लामा पदस्थापन गर्न माग गरेको छ । अभियानका संयोजक सुनिल यादवले मन्त्रालयहरुका सचिव र निर्देशकहरुको मिलेमत्तोमा कर्मचारी सरुवामा अनियमितता हुँदै गरेको आरोप लगाएका छन् । मन्त्रालयले कर्मचारीलाई चलाउने हो की कर्मचारीले मन्त्रालय चलाउने हो रु भनेर संयोजक यादवले प्रश्न गरेका छन् ।

वन मन्त्रालयसहित अन्य मन्त्रालयहरुमा कार्यरत्त कर्मचारीहरुको सरुवामा समान मापदण्ड अपनाउन संयोजक यादवले माग गरेका छन् । राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थका कारण सरुवा निर्णय प्रभावित हुने गरेको आशंका व्यक्त गर्दै उनले यस्तो प्रवृत्तिको विरोध जनाएका छन् ।

उनका अनुसार वन रक्षक तहका केही कर्मचारीको सरुवा भए पनि अन्य पदमा कार्यरत कर्मचारीको हकमा प्रक्रिया पूर्ण रूपमा पारदर्शी नभएको देखिएको छ । उनले मुख्यतः सचिवस्तरका कर्मचारीहरु एउटै मन्त्रालयमा लामो समयसम्म बसिरह्नु र तल्लो तहका कर्मचारीको मात्र सरुवा हुनु दुखःद गरेको बताए ।

मन्त्रालयले तय गरेका मापदण्ड सबै कर्मचारीमाथि समान रूपमा लागू नभएको भन्दै अभियानले सरुवा रोकिएका कर्मचारीको अवस्था र त्यसको आधारबारे मधेश प्रदेश सरकारसंग जानकारी माग गरेको छ ।

कर्मचारी सरुवा नियमानुसार नभए आफूहरु दिपावली पछि अनिश्चितकालिन आन्दोलनमा जाने र सचिव तथा निर्देशकहरुलाई कालोमोसोसमिते गर्ने अभियानका संयोजक यादवले चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>