देश/प्रदेश
नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानी हत्या
०

जनकपुरधाम, साउन ७-
नेपाल(भारत सिमाना नजिक भारतीय क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ। धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित रहेको दशगजा पारी महिलाको हत्या भएको प्रहरीले जनाएको हो।
पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलालाई गएराति सवा ८ बजे मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।
ती महिला भारतीय नै रहेको आशंका गरिएपनि यकिन हुन नसकेको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























