चितवन विशेष

नारायणगढमा रोटरीले जुटायो ६६ युनिट रगत

Banner

चितवन, साउन ६-

अस्पतालमा रगतको माग बढेपछि रोटरी क्लब अफ नारायणगढले रगत संकलन गरेको छ । उद्योग बाणिज्य संघको परिषरमा शनिवार विहान रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा ६६ युनिट रगत संकलन भएको थियो । १६ जना महिला सहित ६६ जनाले रक्तदान गर्ने मध्ये ९ जना नयाँ दाता थिए । सहज रुपमा रगत उपलब्ध नहुँदा विरामीको उपचार प्रभावित भएको भन्दै रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष भोलानाथ लामिछानेले बताउनुभयो । लामिछानेले आफ्नो कार्यकालको सुरुवात परोपकारी कामबाट थालनी गरेका हुन् । रोटरी क्लब अफ नारायणगढले सामाजिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>