देश/प्रदेश

प्रधानमन्त्री प्रचण्ड इटाली जाँदा आज बेलुका विमानस्थलबाट कुनै उडान नहुने

Banner

काठमाडौँ, साउन ६-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटालीको रोम जाँदा बेलुका आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अरु उडान नहुने भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बेलुका ५ बजेर ४० मिनेटदेखि ६ बजेर १० मिनेटसम्म अरु उडान नहुने भएको हो ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज बेलुका इटाली जान लागेका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>