चितवन विशेष

कांग्रेस चितवनले गरेको रक्तदान कार्यक्रममा २ सय ३४ यूनिट रगत संकलन

Banner

चितवन, साउन ५-

नेपाली कांग्रेस चितवनले रक्तदानको आयोजना गरेको छ । रगतको मागलाई ध्यान दिँदै ४१ औँ बीपी स्मृती दिवसको अवसरमा कांग्रेसले आज(शुक्रवार) जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा एकैसाथ रक्तादान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा २ सय ३४ जनाले रक्तदान गरेको नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । नेपाली कांग्रेस तरुण विभाग चितवनको संयोजनमा चितवन क्षेत्र नम्बर १ को रत्ननगरमा रक्तादान कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ १ सय ५ यूनिट रगत संकलन भएको खनालले जानकारी दिनुभयो ।

त्यस्तै नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २को संयोजनमा उद्योग वाणिज्य संघ चितवनको कार्यालयमा गरिएको रक्तदान कार्यक्रममा ४१ यूनिट रगत संकलन भएको छ । निर्वाचन क्षेत्र नम्बर ३को पार्वतिपूरमा गरिएको रक्तदान कार्यक्रममा ८८ यूनिट रगत संकलन भएको सभापति खनालले जानकारी दिनुभयो । चितवन जिल्लामा यो समयमा रगतको चरम अभाव छ । अधिकांश मानिसहरु खेतबारीमै व्यस्त हुने समय भएकाले प्रत्येक बर्ष असार, साउन महिनामा बढी रगतको अभाव हुने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>