चितवन विशेष

मौलाकाली केबलकारको इभिनिङ अफर

Banner

चितवन, साउन ३-

मौलाकाली केबलकारले इभिनिङ अफर ल्याएको छ । साउनदेखि नै लागू हुने गरी केबलकार टिकटमा ५० प्रतिशत छुटसहित इभिनिङ् अफर ल्याएको हो । अफर अन्तर्गत अब यात्रुहरूले रु २७५ मै दुई तर्फी यात्रा गर्न पाउनेछन् । त्यस्तै पहिले केबलकारको दुई तर्फी साधारण टिकट मूल्य रु. ५५० कायम गरिएको थियो ।

इभिनिङ अफर ल्याएसँगै मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा छ ।

साउनदेखि लागू हुने गरी ल्याइएको यो अफर अन्तर्गत प्रत्येक बुधवार दिउँसो २ बजेपछि केबलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केबलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । ‘दिउसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउँसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौँ’, केबलकारका स्टेशन मेनेजर पौडेलले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>