नवलपुर

गैंडाकोटमा साढे ५ करोडको लागतमा कभर्ड हल

Banner

गैडाकोट,असार ३१-

पूर्वी नवलपरासीको गैंडाकोटमा साढे ५ करोडको लागतमा कर्भड हल निर्माण भइरहेको छ । गैंडाकोट नगरपालिका ४ झपर्दीमा संघीय सरकारको बजेटबाट जिल्लाकै सबैभन्दा सुविधासम्पन्न कभर्ड हल निर्माण जारी छ ।

सार्वजनिक जग्गामा ३ वटा कोर्ट भएको हल निर्माण भइरहेको गैंडाकोट खेलकुद विकास समिति अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए । उनका अनुसार भवन निर्माणमा हालसम्म २ करोड ५० लाख रकम खर्च भइसकेको छ । अरु काम आगामी पुससम्म सक्ने लक्ष्य छ । यो हलमा चेन्जिङ रुम, शौचालयको व्यवस्था छ ।

आउँदो पुस महिनाभित्रै यहाँ ब्याडमिन्टन खेलाउन मिल्नेगरी धमाधम काम भइरहेको अध्यक्ष कार्कीले बताए । यो समेत गैंडाकोट नगरपालिकामा ३ वटा कर्भड हल निर्माण भइसकेका छन् । पूर्वी नवलपरासीका ८ वटा पालिकामध्ये ५ वटा पालिकामा कर्भड हल निर्माण भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>