राजनीति

पशुपतिको जलहरिबारे संसदीय समिति बनाएर छानबिन गरौंस् प्रदीप पौडेल

Banner

काठमाडौं, असार ११-

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरिबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै पौडेलले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा आफूहरूको शिर निहुरिएको बताए।

‘जलहरिबारे उजुरी परेको २ वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ। महालेखाको प्रतिवेदनले प्रष्ट औंल्याएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्‍यो ?,’ उनले प्रश्न गरे।

जलहरिबारे छानबिनका लागि संसदले समिति बनाउनुपर्ने उनले बताए।

‘यो गम्भीर विषय छानबिनका लागि सदनले एउटा समिति बनाओस्। यसको पूर्ण र निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस्,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>