राजनीति

मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

Banner

काठमाडौं,असार १०-

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ। आइतबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा बालेनविरुद्धको रिट परेको थियो। इजलासले उक्त निवेदन हेर्न नभ्याउने हुँदा स्थगित गरेको छ।

अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेकी थिइन्। यसअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत् आफूले आदेश नमान्ने बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>