राजनीति

सांसाद शशांक कोइरालाले पत्रिका पढेपछि देवराजले गृहमन्त्री श्रेष्ठलाई बोल्नै रोकेर रूलिङ गरे

Banner

काठमाडौं, असार १०-

सभामुख देवराज घिमिरेले सांसदहरूलाई पत्रिका नपढ्न रूलिङ गरेका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा बैठकमा जवाफ दिइरहेका बेला सांसद्हरूले पत्रिका पढ्न थालेपछि देवराजले रूलिङ गरेका हुन्।

सभामुख घिमिरेले गृहमन्त्री श्रेष्ठलाई बोल्न रोकेरै रूलिङ गरे। गृहमन्त्री बोलिरहेका बेला कांग्रेस नेता सांसाद शशांक कोइरालाले पत्रिका पढेका थिए।

‘माननीय सदस्यहरूलाई म प्रतिनिधि सभा नियमावली २०७९ नियम २० को खण्ड (ञ )को व्यवस्थाप्रति ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘बैठकमा पत्रिका पढ्ने काम नगर्न हुन अनुरोध गर्छु।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>