राजनीति

उपराष्ट्रपतिको पद आवश्यक छैन: सांसद झाझा

Banner

काठमाडौं, असार १०-

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन्।

उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनैपनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न उठाएका हुन‍्।

‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात आजसम्म ५ हजार ११५ दिन भएको रहेछ। ४ वटा कार्यकाल, तीनवटा अनुहार त्यो हेर्दैगर्दा खेरी सम्झिन लायकको कुराहरू के छ त?,’ उनले प्रश्न गरे, ‘५ हजार ११५ दिनले यो पदले सम्झिन लायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौं? यसले दिएको हामीलाई?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>