राजनीति

को-को छन् रास्वपाको १७ सदस्यीय दस्तावेज मस्यौदा समितिमा

Banner

काठमाडौं, असार ९-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा राजनीति कार्यदिशासहितको मस्यौदालाई अन्तिमरूप दिन गठित १७ सदस्यीय कार्यदलमा रहने सदस्यहरूको टुंगो लागेको छ। गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले भदौको पहिलो हप्ता बुझाउने गरी दस्तावेज तयार पार्न १७ सदस्यीय कार्यदल बनाएको थियो।

सो कार्यदलमा पार्टीका तथा विचार विभाग प्रमुख डा। मुकुल ढकालको संयोजकत्वमा रमेश प्रसाई, कमल सुवेदी, गणेश पराजुली, विपिनकुमार आचार्य, शिशिर खनाल, क्रान्तिशिखा धिताल, कबिन्द्र बुर्लाकोटी, डा. तोसिमा कार्की, शंकर श्रेष्ठ सदस्य रहने भएका छन्।

त्यस्तै हरि ढकाल, गणेश कार्की, मनिष झा, सुमना श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, सन्तोष परियार र सोविता गौतम पनि कार्यदलका सदस्य छन्।

१७ सदस्यीय कार्यदलले भदौ पहिलो सातासम्म दस्तावेजलाई अन्तिम रूप दिएर सभापतिलाई बुझाउने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>