राजनीति

चुनाव हारे के हुन्छ, चुनाव हारे भुईंमा बस्नुपर्छ, बसौंला नि त भुइँमा के बिग्रन्छ हारौंला एक पटकः गगन

Banner

काठमाडौं, असार ९-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीनै तहको सरकारमा हुँदा पनि कांग्रेस ०८४ सालको चुनाव हारिन्छ भन्ने डरमा रहेको टिप्पणी गरेका छन् ।

शनिबार आफ्नो चुनाव क्षेत्र काठमाडौं-४ मा आयोजित पार्टी कार्यक्रममा उनले संघ, प्रदेश र स्थानीय तहमा ठूलो पार्टी हुँदा र काम गर्ने अधिकार बोकेर बस्दा पनि चुनावसँग डराउनु लाजमर्दो भएको बताएका छन् ।

उनले चुनाव हारे भुईंमा बस्न तयार हुनुपर्ने बताए । ‘०८४ मा के हुन्छ, चुनाव हारिन्छ, चुनाव हारे के हुन्छ, चुनाव हारे भुईंमा बस्नुपर्छ,’ उनले प्रश्नोत्तर शैलीमा भने, ‘भुईंमा बस्न किन डराएको ? बसौंला नि त भुइँमा के बिग्रन्छ हारौंला एक पटक ।’

पार्टी संघीय सरकार, सातमध्ये ६ वटा प्रदेश सरकार र ७५३ मध्ये ३२९ वटा पालिकाको नेतृत्वमा रहँदा पनि काम नगरी डराएर बस्नु लाजमर्दो भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>