राजनीति

अर्थमन्त्री डा.महत भन्छन्- प्रतिस्पर्धी बजारबाट हामीले फाइदा उठाउनुपर्छ

Banner

काठमाडौँ,असार ९-

अर्थमन्त्री डा.प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाउन सकियो भने प्रतिस्पर्धा बजारबाट फाइदा उठाउनुपर्ने बताएका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई) को २० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले प्रतिस्पर्धी बजार पहिचान गरेर लाभ उठाउनुपर्ने बताएका हुन् ।

यस्तै, चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले निर्यात बढाएर आयात घटाउन प्रतिबद्ध रहेको र जलविद्युत निर्यात एउटा सम्भावित क्षेत्र रहेको उनको भनाई छ । ‘सम्पूर्ण मन्त्रालयका सचिवहरुलाई प्रस्ताव गरिएको हरेक कामको कार्यतालिका छ, त्यो अनुसार कार्यान्वयन हुनैपर्छ भनेको छु,’ उनले थपे, ‘यसमा ढिलो गर्नेको कुनै गुन्जायस छैन, प्रधानमन्त्रीले पनि त्यही किसिमको निर्देशन दिनुभएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>