देश/प्रदेश

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

Banner

काठमाडौं, असार १-

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढेको सूची पठाएको आधारमा भारतबाट मुल्य बढेर आएको हो । हरेक महिनाको १ र १६ तारिखमा आइओसीले मुल्य सूची पठाउँदै आएको छ । एक तारिकमा सबैको मुल्यसूची आउने भएपनि १६ तारिकमा भने पेट्रोल र डिजेलको मात्र मूल्य समायोजन भएर आउने गरेको छ ।

निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा हबढेर आएको छ भने उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>