राजनीति

प्रधानमन्त्रीलाई एमालेको चुनौतीः लडाकु शिविरदेखि सीसीटीभी फुटेजसम्म छानबिन गरौं

Banner

काठमाडौं,बैशाख २४-

नेकपा एमालेले जुनसुकै क्षेत्रमा भएका भ्रष्टाचारको छानबिन गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारदेखि कानूनलाई हात लिने सबै विषयलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणबारे सांसद पार्वती रावलले संसदमा गत भदौमै गम्भीरताका साथ प्रश्न उठाउँदासमेत सरकारले अहिलेसम्म नसुनेको उनले आरोप लगाए । गिरीले भने, ‘अहिले प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नुभएको छ । भ्रष्टाचारको सवालमा यो ट्रेलरमात्रै हो । फिल्म त आउन बाँकी नै छ भन्दै हुनुहुन्छ । प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौं । हामी टिकट काटेर बसेका छौं । हामीलाई विश्वास छ, अब वाइड बडी घोटाला काण्डबारे छानबिन गरौं । बाँसबासी जग्गा काण्ड, बालमन्दिर जग्गा काण्ड, मातातीर्थ जग्गा काण्ड, यती र ओम्नी काण्ड, लडाकु शिविरको घोटाला काण्ड, जहाँ अर्बौं रुपैयाँ लुटिएको थियो । सीसीटीभी फुटेज र बजेटमा विचौलिया लिएका काण्डहरुमा छानबिन गरौं । सबैलाई एकएक गरेर कारबाही गर्न एमाले साथ र सहयोग गछौं ।’

उनले दोषीलाई कारबाही गर्न एमाले तयार रहेकोसमेत बताए । शनिबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भ्रष्टाचारको फाइल खोलेर अब फिल्म देखाउने अभिव्यक्ति दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>