राजनीति

सांसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि

Banner

काठमाडौं, वैशाख २४-

संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन गरिने भएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ महिनादेखि संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन गरिने भएको हो।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीमा संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमबारे गरिएका व्यवस्था जेठदेखि लागू हुने बताए ।

नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन गर्ने व्यवस्था छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भनेका छन्, ‘नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुन्छ ।’

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको दिन कानुनमन्त्री, मुख्य सचेतकसँग छलफल गरेर निर्धारण गरिने पनि उनले बताएका छन् । सभामुख घिमिरेले सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकमार्फत संसद बैठकमा निरन्तर उपस्थित हुन मन्त्री र प्रधानमन्त्रीलाई समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई पनि कानुनमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>