राजनीति

प्रतिनिधि सभामा ई–हाजिरीको तयारी, सांसदको उपस्थितिलाई वेबसाइटमा राखिने

Banner

काठमाण्डौ, बैशाख २४-

प्रतिनिधि सभामा सांसदहरु गयल हुने क्रम बढेपछि डिजिटल उपस्थिति अर्थात् ई–हाजिरीको तयारी सुरु भएको छ । सांसदहरुको ई–हाजिरी सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा छलफल भएको हो । बैठकमा ई–हाजिरी सुरु गर्ने र सांसदहरुको उपस्थिति वेबसाइटमार्फत् सार्वजनिक गर्नेबारेमा छलफल भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर रहेको र सांसदहरु तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेकाले अब ई–हाजिरीको विकल्प नभएको बताउनुभएको छ ।

दल तथा सांसदहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि पनि सभामुखले ध्यानाकर्षण गराउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>