राजनीति
सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको हित हुदैँन: उपेन्द्र यादव
०

काठमाडौँ,वैशाख २३-
राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने जिकिर समेत गरे । रफ्त सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यकता पनि औंल्याए । उनले कम्फटेवल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे ।
अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए । राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाई थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























