राजनीति
सडक आश्रित मानवमुक्त मुलुक बनाउन सक्दो सहयोग गर्छुः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, वैशाख २३-
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सक्दो सहयोग गर्ने बताएका छन्। शनिबार बिहान काठमाडौँको बनस्थलीस्थित मानवसेवा आश्रममा पुगेका उनले ‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सक्दो सहयोग गर्ने बताएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले मानवसेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आज-भोलि नै गराउने पनि बताए।
मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रूपमा पनि लागिपर्ने प्रतिवद्धतासमेत जनाए।
मन्त्री श्रेष्ठले भने, ‘मानव सेवा जस्ता कामको निरन्तरताका प्रक्रियालाई अगाडि बढाउन र यसलाई सफल पार्न नेपाल सरकारको तर्फबाट र मेरोतर्फबाट व्यक्तिगत रूपमा पनि म सधैं तपाईहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु। अहिले म धेरै कुरा भन्न चाहन्नँ।



























