Breaking News
‘बालेन ब्रो, सुदन ब्रो, देश लुट्नेहरूलाई कहिले समात्ने?’ भन्दै ज्ञानेन्द्र शाहीको प्रश्न
०

काठमाडौं ,कात्तिक १६ –
ज्ञानेन्द्र शाहीले वाइडबडी, एनसेल, गिरिबन्धु टी स्टेट, जेनजी आन्दोलनमा भएको हत्या र निर्मला पन्त बलात्कार प्रकरणका दोषीमाथि कारबाही नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सुदन गुरुङलाई प्रश्न गरेका छन्।
फेसबुकमा स्टाटस लेख्दै शाहीले विभिन्न काण्डका दोषी तथा जेनजी आन्दोलनका हत्यारा र निर्मला पन्तका बलात्कारी अझै खुलमखुला हिँडिरहेको टिप्पणी गरेका छन्।
उनले बालेन र सुदनलाई सम्बोधन गर्दै लेखेका छन्, “बालेन ब्रो, सुदन ब्रो, कहिले समात्ने हो यी देश लुट्नेहरूलाई ? कि फेसबुकमा स्टाटस लेखेर मात्रै थर्काउने हो ?”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























