देश/प्रदेश

डा. केसीलाई अनशन तोड्न सरकारको आग्रह

०
Banner

काठमाडौं, कार्तिक १६-

शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा।डा। गोविन्द केसीले उठाएका अधिकांश मागहरू कार्यान्वयनमा आइसकेको बताउँदै जारी सत्याग्रह अन्त्य गर्न आग्रह गरेको छ। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै डा केसीका मागहरूको बुँदागत कार्यान्वयनको अवस्था सार्वजनिक गरेको हो।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव श्रीप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा डा केसीले उठाएका विचार र दृष्टिकोणका आधारमा चिकित्सा शिक्षामा सुधार, सेवा प्रभावकारिता र सुशासन अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख छ। संवाद र सहकार्यका माध्यमबाट सुधारको थप कार्ययोजना निर्माण गरिने प्रतिबद्धता जनाउँदै मन्त्रालयले सत्याग्रह फिर्ता लिन अपिल गरेको छ।

गेटा मेडिकल कलेजसम्बन्धी पहिलो बुँदाको मागका सम्बन्धमा चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदनका आधारमा आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा गरेरै कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङलगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

साथै, आयोगको मापदण्डअनुसार मूलतः सरकारी कलेजहरूमा सिट वृद्धि गरिएको जनाइएको छ। दोस्रो बुँदामा उल्लेखित सम्बन्धित पदाधिकारीहरूको विषयमा मन्त्रालय स्वयंले आवश्यक छानबिन गर्ने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>