राजनीति

प्रधानमन्त्रीको प्रवृत्ति र जनदबाबले सरकारलाई दिएको समर्थन फिर्ताः रवि लामिछाने

Banner

काठमाडौँ, वैशाख २३–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले प्रधानमन्त्रीको अलमल्याउने प्रवृत्ती र जनदबाबले सरकारलाई दिएको समर्थन फिर्ता लिन परेको बताएका छन्।

शुक्रबार केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले आफुहरुलाई सरकारमा सहभागि गराउने सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाएका थिए।

‘न्युनतम साझा कार्यक्रममा हाम्रा विषय समेट्ने र मन्त्रीहरुले स्वतन्त्र ढंगल काम गर्न पाउनुपर्ने भनेका थियौ।यसका लागि प्रधानमन्त्रीले पटक्पटक प्रतिबद्धता समेत जनाउनुभएको हो,’ लामिछानेको भनाई उदृत गर्दै बैठकका एक सहभागिले भने, ‘एकातिर प्रधानमन्त्रीले हामीलाई सरकारमा आउन भन्नुभयो भने अर्कोतिर हिजो सरकार विस्तार गर्नुभयो।त्यसैले हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>