नवलपुर

बालिका बलात्कार कसुरमा नवलपुर जिल्ला अदालतले सुनायो ११ वर्ष कैद सजाय

Banner
नवलपुर, वैशाख २२-
नवलपुर जिल्ला अदालतले १६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजाय सुनाएको  छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई  एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको  ठहर गर्दै सो सजाय सुनाएको  जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताउनुभयो ।
 “न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्ति भर्नुपर्ने आदेश गरेको  छ”, उहाँले भन्नुभयो  । पीडित बालिकालाई पुनले २०७७ साल भदौ १८ गते बलात्कार गरेको अभियोगमा २०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा उजुरी दर्ता भएको थियो ।
उजुरीपछि २०७७ साल कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण ०७७ साल असोज २९ गते मध्यविन्दु जिल्ला अस्पताल डन्डामा गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>