राजनीति
संसद भवन झगडा गर्ने थलो होः ज्ञानेन्द्र शाही
०

गुल्मी,चैत, १७-
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सङ्घीय सांसद ज्ञानेन्द्र शाहीले संसद भवन झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छ्न् । शुक्रबार सदरमुकाम तम्घासमा जिल्ला पार्टी राप्रपाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले संसद भवनमा जनताको समस्या समाधान गर्ने विषयमा छलफल नभई झगडा गर्ने थलो बनेको बताएका हुन् ।
देशमा पछिल्लो अवस्था राजनीति अवसरवादी भएको उनले बताए । मन्त्रीहरूले लगाएको कोट परिवर्तन गर्न नपाउँदै सरकार परिवर्तन हुने गरेको बताउँदै शाहीले राजनीति राज्यको निम्ति नभई अवसरका निम्ति भएको र राजनीति घीनलाग्ने खालको भएको टिप्पणी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























