राजनीति

स्वर्णिमले कांग्रेस छाडेपछि विश्वले भने- यो डढेलो नलाग्ने झिल्को हो

Banner

काठमाडौं, चैत १७-

पार्टीबाट डा. स्वर्णिम वाग्लेले कांग्रेस छाडेपछि नेपाली कांग्रेसका नेता विश्व पौडेलले वाग्लेको विद्रोहलाई डढेलो नलाग्ने झिल्कोको संज्ञा दिएका छन् । शुक्रबार फेसबुकमा एक सन्देश लेख्दै पौडेलले वाग्लेको विद्रोहलाई ‘आगोको फूल’को भनेका छन् ।

‘कांग्रेस चितवनको घना जंगलको रुख मात्र हैन, नारायणी जस्तै नदी पनि हो । यसमा खोलाहरु आएर मिसिन्छन, कुलाहरुबाट पानी निस्कन्छन, र धेरै फेरी फर्केर आउँछन्,’ उनले लेखेका छन्, ‘कांग्रेससँग गरेको विद्रोह झिल्कोबाट डढेलो हुने खासै हुँदैन । यी आगोका फूल हुन, बढ्दैनन ।’

उनले कांग्रेसबाट भएका विद्रोहहरू सफल नभएको उदाहरणहरू दिएका छन् ।

पौडेलको फेसबुक स्टाटस

आगोका फूल
..
चितवन काँग्रेसले सबभन्दा पहिले ९२०१५ सालमा० संसद सदस्य हुन विश्वबन्धु थापालाई उठाएको थियो। चितवन कांग्रेसका संस्थापक सभापति बखानसिंह गुरुङ आँफै एक २००७ सालमा सहिद हुनुभएका आदरणीय धर्मध्वज गुरुङका पिता हुनुहुन्थ्यो। पुर्वी चितवनका उदयनाथ अधिकारी पनि संस्थापक जिल्ला समिति सदस्य हुनुहुन्थ्यो।इलाहाबादमा सूर्यबहादुर थापाहरुसँगै पढेर चितवन फर्केका शेरपानीका जमिन्दार परिवारका किशोरचन्द्र ढुंगाना २०१४ सालमा जिल्ला सदस्य भए।

खोरिया फाँडेर, लामखुट्टेसँग लड्दैपड्दै आफ्ना सन्तानको भविष्य बनाउन चितवन झरेका धेरै मान्छेलाई मर्दापर्दा सहयोग गरेर यि जस्ता व्यक्तिहरुले चितवन काँग्रेसको संगठन विस्तार गरेका थिए ।

२०१५ सालमा पुर्वी चितवनका विश्वबन्धु थापा काँग्रेसका उम्मेदवार बने। ग्राउण्डमा प्रभाव कम भएपनी पढाई राम्रो भएको र केन्द्रमा प्रभाव भएकोले उनले टिकट पाएका थिए। त्यसको विरुद्ध अस्ती भर्खर वित्नु भएकी स्व। मैयादेवी श्रेष्ठ, हरिकुमार श्रेष्ठ आदिले वागी उम्मेदवारको रुपमा उम्मेदवारी दिएका थिए। बागी नउठुन भनेर जिल्लामा संभवतस् सर्वाधिक लोकप्रिय रहेका बखानसिंह गुरुङलाई महासभामा ९अहिलेको राष्ट्रिय सभामा० लैजाने सहमति भयो। थापाले ४४ प्रतिशत मत सहित चुनाव जिते।

महेन्द्रले वहुदल हरण गरेपछी थापा पंचायतमा गए, तर धेरै काँग्रेसीहरुलाई उनले माया गरिरहे भनिन्थ्यो। थापासँगै शुरुमा पंचायतलाई सहयोग गरेका किशोर चन्द्र ढुंगानाले आफु जिल्ला पंचायतको सभापति हुँदा २०२० सालमा पंचायत व्यवस्थाको विरुद्ध माग पारीत गराए। त्यसपछी गिरफ्तार भएका ढुंगाना पछीसम्म पुर्व चितवनका काँग्रेसका लोकप्रिय खम्बा रहे।

बखानसिंह गुरुङको अर्का छोरा लालध्वज गुरुङ पंचायत विरुद्ध आन्दोलनमा मारिए, बखानसिंह आँफै भने पछी २०३८ सालमा पंचायत प्रवेश गरेर चुनाव जित्नुभयो। मैयादेवीले सधैं काँग्रेसलाई माया गरेर बस्नुभयो।

काँग्रेसमा एउटा लामो संस्कार के छ भने जानेलाई गाली नगर्ने। महन्त ठाकुर सबैले मन पराउँथे, जानुभयो, कसैले गाली गरेन। फर्केर आउनेलाई पनि स्वागत गर्ने नै चलन छ।

काँग्रेस चितवनको घना जंगलको रुख मात्र हैन, नारायणी जस्तै नदी पनि हो। यसमा खोलाहरु आएर मिसिन्छन, कुलाहरुबाट पानी निस्कन्छन, र धेरै फेरी फर्केर आउँछन। काँग्रेससँग गरेको विद्रोह झिल्कोबाट डढेलो हुने खासै हुँदैन। यी आगोका फूल हुन, बढ्दैनन।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>