राजनीति
वाग्लेको राजनीतिक विद्रोह ठिक कि बेठिक भन्ने मतदाताले छिट्टै फैसला गर्छन्: भट्टराई
०
काठमाडौँ, चैत १७-
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन्।
आज ट्वीट गर्दै भट्टराईले डा. वाग्लेको राजनीतिक विद्रोह ठिक कि बेठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने पनि बताए। तर उनको विद्रोहलाई हल्काफुल्का रुपमा पन्छाउन उचित नहुने डा. भट्टराई बताउँछन्।
‘स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने नै छन्। तर यसलाई यत्तिकै हल्काफुल्का रुपमा पन्छाउनु उचित हुनेछैन,’ भट्टराईले लेखेका छन्, ‘देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन।अतः वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊॅ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>