राजनीति

फागुन १ हिंसा दिवस हो, सार्वजनिक बिदा दिए क्यालेण्डरबाट हटाउँछौँः ओली

Banner

काठमाडौं,चैत १६-

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने चेतावनी दिए।

गत फागुन १ गते सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो। सरकारले दिएको बिदाप्रति ओलीले कटाक्ष गरेका हुन्।माओवादी घटकहरुले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने गर्दछन्। अध्यक्ष ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने पनि बताए। उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>