राजनीति
एमालेले शनिवार उम्मेदवारको टुंगो लगाउने, गठबन्धनविरुद्ध उपचुनावमा एक्लै भिड्ने
०

काठमाडौं, चैत १६-
प्रमुख विपक्षी दल नेकपा एमालेले वैशाख १० मा हुने उपचुनावका लागि शनिवार उम्मेदवारको टुंगो लगाउने भएको छ । बारा २,चितवन २ र तनहुँ १ तीनवटै क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार खडा गर्ने र गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने तयारी छ ।
चैत १७ गते शुक्रवारसम्म जिल्लाबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस हुने र १८ गते सचिवालय बैठक बसेर तीनवटै क्षेत्रका उम्मेदवार तय गरिने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू यसबीचमा मिसन ग्रासरुट अभियानमा काठमाडौं बाहिर थिए । उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । एमालेविरुद्ध गठबन्धनले साझा उम्मेदवार तय गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























