राजनीति

देशलाई बलियो बनाउन आन्तरिक र राष्ट्रिय उत्पादनको वृद्धि गर्नुपर्छः महामन्त्री शर्मा

Banner

काठमाडौँ, चैत्र १६-

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।

भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको भन्दै सरकार उभिएर मात्रै नपुग्ने बताए । महामन्त्री शर्माले सरकारलाई बलियो बनाउन आन्तरिक र राष्ट्रिय उत्पादनको वृद्धि गर्नुपर्ने बताए । उनले राज्यले, निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिन सक्ने बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

ीबहmष् दबलप
देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरूले बनाउने नभई समन्वयकारी भूमिका मात्रै खेल्ने भएकाले देश बनाउन सबै मानिसको संलग्नता आवश्यक रहेको उनको भनाइ थियो । महामन्त्री शर्माले देशले अहिले आर्थिक प्रतिकुलताको सामना गरिरहेको भन्दै अर्थतन्त्र सुदृढ पार्न नेपाली उत्पादनलाई बढाएर बाह्य बजारमा बिस्तार गर्न सक्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>