राजनीति

उपराष्ट्रपतिसँग गैरआवासीय नेपालीको भेट

Banner

काठमाडौँ,चैत १५ –

गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेका छन् ।

सङ्घका कार्यकारी अध्यक्ष रवीना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधिमण्डलले उपराष्ट्रपतिसमक्ष लामो समयदेखि उठाउँदै आएको नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माण नेपाललाई समृद्ध बनाउन गर्ने सहकार्यलगायत विषयमा छलफल गरेको थियो ।

भेटमा सङ्घका कार्यकारी अध्यक्ष थापाले सङ्घले लामो समयदेखि नागरिकताको निरन्तरताका लागि आवाज उठाउँदै आए पनि सो विषय टुङ्गो नलागेको भन्दै त्यसका लागि सकारात्मक पहल गरिदिन उपराष्ट्रपति यादवको ध्यानाकर्षण गराउनुभएको थियो ।

सङ्घका अध्यक्ष आचार्यले सम्पत्तिको सुरक्षासम्बन्धी कानूनलाई गैरआवासीय नेपालीमैत्री बनाउन र लगानीका लागि विद्यमान बाधा व्यवधान सुल्झाउन सकारात्मक पहल गरिदिन आग्रह गर्नुभयो । सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विश्वभर छरिएर बसेका गैरआवासीय नेपाली नेपाललाई छिट्टै समृद्ध बनाउने अभियानमा लागेको भन्दै उक्त अभियानमा सरकारसँगको सहकार्य र राज्यका सबै निकायको समर्थन आवश्यक रहेको बताउनुभयो ।

भेटमा उपराष्ट्रपति यादवले गैरआवासीय नेपालीको लागानी विषयमा यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सङ्घले जनाएको छ । उहाँले लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको र विदेशमा आर्जन गरेको पूँजी र ज्ञान नेपालको प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप विकासको क्षेत्रमा निर्धक्क भएर लगानी गर्नसमेत आह्वान गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>