राजनीति
नागरिकता विधेयक संसदमा टेबल गर्न गगन थापाको माग
०

काठमाडौं,चैत १५-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता विधेक संसदमा टेबल गर्न माग गरेका छन् । आजको संसद बैठकमा उनले नेपाली नागरिक बुबा आमाबाट जन्मिएका सन्तानले नागरिकता नपाएको भन्दै विधेयक ल्याउन सरकारसँग माग गरेका हुन् ।
‘नेपाली नागरिक बाआमाबाट जन्मेका कयौँ सन्ताले नागरिकता पाएका छैनन् । तपाईं, म, प्रधानान्त्री, अहिलेको राष्ट्रपति, पहिलेको राष्ट्रपतिसँग नागरिकता छ । तर नागरिक हुँदाहुँदै पनि नागरिकता नपाउँदाको पीडा पासपोर्ट लिन, बैंकमा खाता खोल्न, लोकसेवाको परीक्षा दिन, बाहिर जान पाएको छैन । तमाम अवरोध र अपमान छ,’ उनले भने, ‘सरकारलाई नागरिकतासम्बन्धी कानुन टेबल गर्न ध्यानकर्षण गराउदछु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























