राजनीति

अध्यक्षको हस्ताक्षर दुरूपयोग गरेपछि नेविसंघले दियो कारबाहीको चेतावनी

Banner

काठमाडौं, चैत १५–

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षर र केन्द्रीय समितिको लेटरप्याड दुरूपयोगबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लेटरप्याड र अध्यक्ष शेर्पाको हस्ताक्षर दुरूपयोग पत्र आतंक गरिएकोमा नेविसंघले छानबिन गरी कारबाही गर्ने चेतावनी दिएको हो ।

बाँके, बर्दिया, रूपन्देही र कास्कीमा अध्यक्ष तोकेकाजस्ता पत्र बनाइएको नेविसंघ मुख्यसचिव विजय खड्काद्वरा जारी विज्ञप्तिमा उल्लेख छ । फोटोसपमार्फत भएको हस्ताक्षर र लेटरप्याड दुरूपयोगको विषय छानबिन गरी कारबाहीको दायरामा ल्याउने उल्लेख गरेका छन्।

‘विभिन्न पत्र सार्वजनिक भएका छन् ती पत्र आधिकारिक नभएको जानकारी गराइन्छ,’ उनले भनेका छन्। नेविसंघले बाँके अध्यक्ष उपेन्द्रबहादुर विष्ट, बर्दिया अध्यक्ष असीमविक्रम शाह, रूपन्देहीमा सन्दीप पाण्डे र कास्कीमा नसिब गुरूङ आधिकारिक भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>